२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप २०२४ का ३ खेल संकटमा, डोमिनिकाद्वारा खेल आयोजना गर्न अस्वीकार



अ+ अ-

एजेन्सी । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने टी–२० विश्वकप २०२४ का तीन खेल संकटमा परेका छन् । डोमिनिकाले टी–२० विश्वकप २०२४ का खेलहरू आयोजना गर्न अस्वीकार गरेको छ ।

डोमिनिकाले तोकिएको समयसीमामा स्टेडियम निर्माणको काम पूरा नगरेको र बिहीबार सरकारले टी–२० विश्वकप खेलहरू आयोजना गर्नबाट आफ्नो नाम फिर्ता लिने बताएको छ ।

डोमिनिका सात क्यारेबियन देशहरू मध्ये एक हो, जसले टी–२० विश्वकप खेलहरू आयोजना गर्दै थियो । विन्डसर पार्कमा एउटा समूह खेल र दुई सुपर–८ खेलहरू आयोजना हुँदै थियो ।

“डोमिनिका सरकार क्रिकेट वेस्ट इन्डिजलाई वर्षौंदेखिको साझेदारीका लागि धन्यवाद दिन चाहन्छ र भविष्यमा पनि सँगै काम गर्न जारी राख्न तत्पर छ । डोमिनिका सरकार सफल प्रतियोगिता आयोजनाको लागि आयोजकहरूलाई शुभकामना दिन्छ ।’ उसले भनेको छ ।

यसबारे आईसीसीको प्रतिक्रिया भने आउन बाँकी छ ।