१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज प्रधानमन्त्रीद्वारा एकैपटक १६५ वटा सडक शिलान्यास हुँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्नुहुनेभएको छ । बालुवाटार निवासबाटै बिहान ११ बजे सडक शिलान्यास गर्न लागिएको हो । प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने सडक विभागले जनाएको छ ।

सरकारले यस वर्ष प्रत्येक निर्वाचन क्षत्रेमा एक–एक सडक बनाउने कार्यक्रम ल्याएको छ र त्यस्का लागि सरकारले ३ अर्ब २० करोड बजेट पनि छुट्याएको छ ।

सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।