२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईँको आरोप: यो देशको स्वास्थ्य र शिक्षा सक्ने तोसिमा कार्कीहरु हुन्



अ+ अ-

ललितपुर । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईँले यो देशको स्वास्थ्य र शिक्षा सक्ने तोसिमा कार्कीहरु भएको आरोप लगाउनु भएको छ ।

लगनखेलमा आयोजित कार्यक्रममा प्रसाईँले गोविन्द केसी बोकेर नर्सिङ र प्लस टु भन्दा माथिको पढाइ नेपालमा हुन नदिने तोसिमाहरु नै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘डा तोसिमा कार्कीकै क्षेत्रमा आएर म भन्छु, यो देशको स्वास्थ्य र शिक्षा सक्ने तोसिमा कार्की हुन् । गोविन्द केसी बोकेर नर्सिङ र प्लस टु भन्दा माथिको पढाइ नेपालमा हुन नदिने उनी नै हुन् । तोसिमाकै कारण हाम्रा चेलीबेटी बोर्डरमा गएर असुरक्षित तरिकाले नर्सिङ पढ्नु परेको छ । यो देशमा नर्स र डाक्टर पढ्न पाइँदैन यिनीहरूको कारण । अस्ति खोइ सिमेन्ट उद्योग भनेर तोसिमाले प्रश्न गरेको सुनेँ । खोइ त मेडिकल उद्योग रु तपाईँहरूले झुक्किएर उनलाई भोट दिनुभयो र धोका खानुभयो ।महाअभियानले मंसिर ७ गते देखी राजधानी केन्द्रित बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।’

 

 




भर्खरै