२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सात दशमलव २९ अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको छ ।

आज विभिन्न दुई सय ९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर ३६ हजार नौ सय ७७ पटक खरिदबिक्री हुँदा रू ९६ करोड ४० लाख १० हजार चार सय ३१ बराबरको कारोबार भएको छ ।

लघुवित्त समूहमा शून्य दशमलव ०६ प्रतिशतको वृद्धि देखिएको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै म्युचुअल फन्ड समूह एक दशमलव २५ र वित्त समूह शून्य दशमलव ५५ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ६३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेड र युनाईटेड आइडिआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू छ करोड ९५ लाख २९ हजार दुई सय ७० बराबरको दुई लाख ३६ हजार सात सय ८८ कित्ता शेयर किनबेच भएको छ ।रासस




भर्खरै