२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

के तपाई सहि समयमा फलफूल खादै हुनुन्छ? थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौं । फलफूल स्वास्थ्यका लागि पौष्टिक तत्त्वको गजब स्रोत हो । त्यसैले नियमित फलफूल खाने गर्नुपर्छ । तर हामीमा फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने ठूलो भ्रम छ । जुन गलत हो । गलत समयमा फलफूल खाँदा स्वास्थ्यलाई असर गर्न सक्छ । सही समयमा फलफूल खानु त पर्छ नै, सही तरिकाले खानु पनि उत्तिकै जरूरी छ । 

फलफूल खाने सही समय यस्ता छन् :

१) बच्चाहरू प्रायः फल खान किचकिच गर्छन् । त्यसैले बच्चाहरूलाई फलफूलको जुस पिलाउनु उपयुक्त हुन्छ । उनीहरूलाई जुस स्वादिलो लाग्छ अनि त्यसमा भएका पौष्टिक तत्त्व पनि उनीहरूले प्राप्त गर्छन् ।

२) खाना खानेबित्तिकै फलफूल नखानुस् । भरिएको पेटमा फलफूल खाँदा शरीरले पचाउन गाह्रो मान्छ । पेट पोल्ने, अपच, भारी हुने जस्ता समस्या यसबाट आइलाग्छन् । त्यसैले खाना खाएको तीन घन्टापछि मात्र फलफूल खानुस् ।

३) बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो । शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम बनाउने आवश्यकता हुन्छ । खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् ।

४) पोषणविद्हरूका अनुसार बिहान खाली पेटमा अनि ब्रेकफास्ट र लन्चका बीचमा फलफूल खाँदा सबभन्दा बढी फाइदा हुन्छ ।

५) फलफूललाई सलादका रूपमा खाँदा बढी फाइदा हुन्छ । दहीसँग वा नूनसँग फलफूल खाँदा गजब हुन्छ तर एसिडिटीको समस्या छ भने चाहिँ सलाद नखानुस् ।

(एजेन्सीको सहयोगमा)