२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति खाना खाइसकेपछि मात्र १० मिनेट हिँड्दा यी स्वास्थ्य समस्याहरू हटाउन सकिन्छ



अ+ अ-

एजेन्सी । यदि तपाईलाई खाना खाएपछि ग्यास, एसिडिटी, अपचजस्ता समस्याहरू सामना गरिरहनुभएको छ भने त्यसको एउटा प्रमुख कारण खानापछि आरामसँग बस्नु र तुरुन्तै सुत्नु पनि हुनसक्छ

खाना खाएपछि केही बेर पैदल हिड्नु जरुरी हुन्छ भन्ने कुरा तपाईले ठूलाबाट सुन्नु भएको होला, यसले तपाईलाई पाचन सम्बन्धी धेरै समस्याबाट टाढा राख्न सक्छ, तर हिँड्नु पाचन क्रियाका लागि मात्रै होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । अन्य धेरै फाइदाहरू पनि छन् ।

बेलुकाको खाना पछि हिड्नुको फाइदा:

पाचन क्रिया सही रहन्छ
लञ्च वा डिनरपछि १० मिनेटको पैदल यात्राले तपाईको धेरै पाचन समस्याहरू समाधान गर्न सक्छ । प्रायः मानिसहरूले खाना खाएपछि ब्लोटिंग, ग्यास, एसिडिटीको गुनासो गर्छन्, त्यसैले चक्की खानुको सट्टा, यो निःशुल्क उपचार प्रयास गर्नुहोस् ।

तौल नियन्त्रणमा रहनेछ
तौल बढेको गुनासो गर्ने मानिसहरूका लागि पनि खाना खाएपछि छोटो पैदल यात्रा धेरै उपयोगी साबित हुन सक्छ, किनभने यसले तौल नियन्त्रणमा राख्छ । हिँड्दा मेटाबोलिज्म बढ्छ, जसले तौल घटाउँछ ।

मधुमेह नियन्त्रण हुनेछ
खाना खाएपछि हाम्रो शरीरले चिनी बनाउन केही समय लिन्छ र खाना खाइसकेपछि कुनै गतिविधि नगर्दा चिनीको मात्रा बढ्छ । यस्तो अवस्थामा १० मिनेट मात्र हिँडेर चिनीको मात्रा नियन्त्रणमा राख्न सकिन्छ ।

कति लामो हिड्नु पर्छ ?
धेरैजसोको जिज्ञासा हुन्छ कि खाना खाइसकेपछि कति समय हिँड्नु उपयुक्त हुन्छ र कति समय हिँड्नुपर्छ ? त्यसोभए यसको जवाफ एक अध्ययनमा दिइएको छ कि खाना खाएपछि कम्तिमा १०–१५ मिनेट करिब १० मिनेट हिँड्दा पाचन सम्बन्धी समस्या हट्छ र मधुमेह सामान्य रहन्छ ।




भर्खरै