१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे माओवादी केन्द्र अझै अन्योलमै



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फर्ता लिने कि नलिने भन्नेबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । आउँदो शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे थप निर्णय हुने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गरिएको बताईएको छ ।

पछिल्लो सयम एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि माओवादी केन्द्र पार्टीको संगठनात्मक संरचना निर्माणदेखि पार्टीको पछिल्लो राजनीतिक धारणा बनाउन जुट्दै आएको छ ।