१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि हल्का वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बांकी भू-भागहरुमा बदली नरहेता पनि तुवाँलो रहेको छ।

बिहीबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।

प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागका थेरै  स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।