२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूरोडस्थित सुन गाल्ने कारखानामा प्रहरीको छापा, करिब ७ किलो सुन बरामद



अ+ अ-

काठमाडौँ । प्रहरीले न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा छापा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो । प्रहरीले उक्त कारखानाबाट करिब ७ किलो अवैध सुन बरामद गरेको छ ।

सञ्चालक ४१ वर्षीया पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । सुन अनुमानित ७ किलो रहेको प्रहरी स्रोतले जनाएको छ ।

बरामद गरिएको सुनबारे भने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।