२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारकै कारण देशको राजनीति अस्थिर र अराजक बनेको छ: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था अत्यन्त नाजुक भएको बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा बुधबार रुकुम पुग्नु भएका ओलीले रुकुमकोटमा आयोजित जनतासँग सार्वजनिक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई कसरी सकारात्मक बाटो तर्फ फर्काउने भन्ने कुरा नै अहिलेको चुनौती रहेको बताउनुभयो । ‘आज देशको राजनीति अन्योलग्रस्त छ, देशको राजनीति निराशायुक्त छ, देशको राजनीति अस्थिर र अराजक बनेको छ, देशको राजनीति प्रति जनविश्वास अत्यन्तै घटेको छ, त्यसै गरेर अर्थतन्त्र अत्यन्तै अप्ठेरो, असहज र बिग्रिएको अवस्थामा छ र बिग्रँदै छ’, ओलीले भन्नुभयो ।

देशमा बढ्दो भ्रष्टाचार र अपराधीकरणप्रति ओलीले चिन्ता व्यक्त गर्नुभयो । अपराधीलाई समात्नै नमान्ने र समातिहाले पनि मुद्दा हाल्न नमान्ने, मुद्दा हालिहाले पनि फिर्ता लिने र सजाय मिनाहा गर्ने अपराध सरकारबाट गरिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । यो राज्यको तर्फबाट लज्जास्पद र घिनलाग्दो कुरा भएको ओलीले टिप्पणी गर्नुभयो ।

सरकारको कारण लोकतान्त्रिक मूल्य मान्यता धरापमा परेको, राष्ट्रिय स्वाभिमान गिरेको र विकासको काम रोकिएको ओलीले बताउनुभयो । नेपाल सरकारले अहिले छिमेकीसँग ठाडो सिर गरेर कुरा समेत गर्न नसक्ने अवस्था रहेको ओलीले टिप्पणी गर्नुभयो । त्यसलाई फेरी उठाउने गरी काम गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो । ‘विकासको गतिलाई फेरी अगाडि बढाउनु छ, देशमा सुशासन कायम गर्नु छ’, उहाँले भन्नुभयो ।

ओले देश निर्माणको लागि देशमै बसेर केही गर्छु भन्ने भावना विकास गर्न नागरिकलाई पनि आग्रह गर्नुभयो । घर–खेत सबै बेचेर अमेरिका जान मरिहत्ते गर्ने होइन त्यही घर खेतलाई जमाएर सुनको टुक्रामा परिणत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अहिले दुनियाँ ठुलो भएकोले उत्पादन गर्ने हो भने जुनसुकै चिजको पनि जताततै बजार भएको उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू लगायतका पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय सदस्यहरू लगायतका नेताहरूका साथै जनसंगठनका नेताहरूको समेत सहभागिता रहेको अभियानमा प्रेस चौतारी नेपालको नेतृत्व गरिरहनुभएका महासचिव हीरामान लामाले जानकारी दिनुभयो ।