२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेल प्रकरण: `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी : महामन्त्री शर्मा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले एनसेल प्रकरणमा सरकार र दलहरू कठोर हुन जरुरी रहेको बताउनु भएको छ ।

एनसेलको खरिदबिक्रि सस्कास्पद रहेको दाबी गर्दे महमन्त्री शर्माले बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गर्नुपर्ने जनाउनु भएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ ।

 Ncell ले `पुँजिगत लाभकर´ नतिर्ने प्रपन्च गर्दा त्यो बेला हामीले अघि बढाएको अभियानको नाम थियोे No tax No Ncell  दबाब र मुद्दापछि अन्ततः उ झुक्न बाध्य भयो ! अहिलेको प्रकरणमा सरकार र दलहरू कठोर हुन जरुरी l जनदबाबको स्वतस्फूर्त साथ फेरिपनी साथमा हुनेछ l

६ बर्षपछि सरकारको स्वामित्वमा आउन लागेको Ncell को `खरिदबिक्री´ शंकास्पद छ l यसलाई रोकेर यो `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी छ ! अनियमितता विरुद्ध सम्पुर्ण एकताको दृस्टीसाथ, सरकार, प्रतिपक्ष, मिडिया र नागरिक सम्पुर्ण रुपले एकढिक्का उभिने संकेत सकारात्मक छ l
बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गरौं l अत्यावश्यक ऎन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपुर्ण ढंगले कार्य गरौं l बाह्य लगानीको थप सुरक्षीत वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गरौं l




भर्खरै