२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १६२ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । नेपालमा थप १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १९ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

योसँगै हालसम्म मुलुकभर २ लाख ७७ हजार ३ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै २ लाख ७२ हजार ७ सय ८६ संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ संक्रमित निको भएका छन् । 

बुधबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० जना पुगेको छ ।