१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् । 

मुख्यमन्त्रीविरूद्ध यसअघि दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको नेकपा एमालेकी सांसद रचना खड्काले बताइन्। पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको थियो । पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै त्यसबेला आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए।

गत पुस १० गते पौडेलविरूद्ध ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव राख्दै तीन जना मन्त्रीले राजीनामा दिएका थिए। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। उक्त प्रस्ताव प्रदेश सभामा टेबुलसमेत भएको थियो।