२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्दै जाँदा अस्तित्व समाप्त हुन्छ: नेता कोईराला



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरुसँगै गठबन्धन गर्नुपर्ने बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीहरुसँग काँग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताउनु भयो । उहाँले देश परिवर्तन गर्नु छ भने नेपाली काँग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले गठबन्धन पनि निर्वाचन पछि गर्ने की अगाडि गर्ने भन्नेकुरामा सोच्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यही निर्वाचन प्रणालीमा गठबन्धन गर्नैपर्छ । तर गठबन्धन प्रि इलेक्शन गठबन्धन की पोस्ट इलेक्शन गठबन्धन गर्ने ? त्यसमा ध्यान दिनुपर्छ । हामी त डेमोक्रेटिक पार्टी हामी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ ? अलिकति पनि डेमोक्रेटिक भएको पार्टी छ की छैन ? त्यस्तो पार्टीहरुसँग गठबन्धन गर्दा हामी कहाँ पुग्ने हो ? यो गम्भीर विषय छ । यो विषयलाई नेपाली काँग्रेसले गम्भीरताका साथ लिएको छ । नेपाली काँग्रेस डेमोक्रेटिक पार्टी भएकाले डेमोक्रेटिक पार्टीहरुसँग मात्रै गठबन्धन गरेर अघि जानसक्छाँै ।’

‘कम्युनिष्ट कम्युनिष्टसँग गठबन्धन गरेर अघि जाने हो भने हाम्रो अस्तित्व बिस्तारै समाप्त हुँदै जान्छ । यो देशकै लागि डरलाग्दो विषय हो । देश परिवर्तन गर्नु छ भने नेपाली काँग्रेसलाई परिवर्तन गरेर अघि लग्नुस् । नेपाली काँग्रेस परिवर्तन भयो भने देश परिवर्तन हुन्छ, किनभने हामी लोकतान्त्रिक पार्टी हाँै । पपुलिजममा हामी धेरै गइरहेको देख्छु म । सामाजिक सञ्जालहरुमा हेर्नुस्, न्युज पढ्नुस् । हामी लोकरिझाईंमा बढी गइरहेका छौँ ।’

नेता कोईरालाले अहिले मानिसहरु लोकरिझाईंमा बढी केन्द्रित हुने थरेको बताउनु भयो ।

 




भर्खरै