२१ असार २०८३, आईतवार
,
Latest
हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको कार्य सम्पादन बैठक सम्पन्न,भोलि देखि केन्द्रिय समिति बैठक शुरु



फाइल तस्बिर
अ+ अ-

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ ।

बैठकले भोलि देखि काठमाडौंमा शुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा सङ्गै बैठकमा प्रस्तुत हुने कार्यपत्र र प्रतिबेदनहरु परिमार्जन सहित पास गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत “भ्रष्ट ब्यबस्थाको अन्त्य, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण” बारे प्रस्तुत राजनितिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन बिभागको प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन केन्द्रीय समिती बैठकमा प्रस्तुत गर्ने गरि अनुमोदन गरिएको बैठक पछि महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

भोलिबाट शुरु हुने केन्द्रिय समिती बैठक पर्सि पनि संचालन हुनेछ भने पर्सि दिउँसो काठमाडौं उपत्यका भेला मार्फत निर्णयहरु सार्बजनिक गर्ने पार्टीले जनाएको छ ।