२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कप: अफगानिस्तानविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौं । एसिसी यू–१९ एसिया कपमा नेपालले अफगानिस्तानसँग टस जितेको छ ।

दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा भएको टस जितेर नेपालका कप्तान देव खनालले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

उता अफगानिस्तान पनि आफ्नो पहिलो खेलमा भारतसँग ७ विकेटले हारेको थियो । दुबै टोली पहिलो जितको सोचमा हुनेछन् ।

नेपालले अफगानिस्तानविरुद्ध आफ्नो प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ । नेपालले पहिलो खेलमा पाकिस्ताानविरुद्ध खेलाएका स्पिनर तिलक राज भण्डारी र विशाल विक्रम केसीलाई आज बेन्चमा राखेको छ । तीव्र गतिका बलर हेमन्त धामी र ब्याटिङ अलराउन्डर दीपक बोहरालाई मौका दिएको छ ।

नेपालको प्लेइङ ११:

देव खनाल(कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कंडेल, दीपक बोहरा, सुभाष भण्डारी, उत्तम थापा मगर, विपिन रावल (विकेटकिपर), हेमन्त धामी र आकाश चन्द ।

 




भर्खरै