२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए युरोपको सचिवमा अर्याल भन्छन्- नेपाली समुदायको हितमा काम गर्छु



अ+ अ-

काठमाडौं । गैह्र आवासीय नेपाली संघ एनआरएनएको युरोप क्षेत्रीय समितिको सचिवमा एनआरएनए माल्टाका पूर्व अध्यक्ष एवं आइसीसी सदस्य भुवन अर्याल मनोनित भएका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को विधान २००३ अनुसार अर्याललाई सचिवमा मनोनित गरिएको युरोप क्षेत्रीय संयोजक डा. चिरञ्जिवी खड्काले जानकारी दिए । क्षेत्रीय समितिको बैठकले अर्याललाई सचिव चयन गरेको हो । एनआरएनए अभियानमा सक्रिय अर्यालले पदको गरिमा कायम राखेर काम गर्ने बताएका छन् ।

युरोपमा नेपाली समुदायको उपस्थिति बाक्लो भइरहेकाले सबैको हक अधिकार र एकता कायम गर्न सचिवका रुपमा आफुले भुमिका खेल्ने अर्यालले बताए । प्रवासी नेपालीको साझा थलो एनआरएनएलाई विशुद्ध नेपाल र नेपालीको हितमा प्रयोग गर्नका लागि आफु लागिपर्ने बताउँदै सचिव अर्यालले पछिल्ला समय अभियानलाई खलबल्याउने प्रयासप्रति सबै सजक हुनुपर्ने बताए ।

युरोपभर रहेका नेपालीको श्रम, शिप र लगानीबाट नेपालले पनि लाभ लिनुपर्ने बताउँदै समृद्ध नेपाल निर्माणमा एनआरएनएको भुमिका सशक्त बनाउन आफु लागिपर्ने अर्यालको भनाइ छ । युरोपमा रहेका नेपाली समुदायको हितमा काम गर्ने बताउँदै यो अभियानमा सबैले साथ दिनुपर्ने अर्यालले बताए ।