काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुनरावलोकन दिन सर्वोच्च अदालत पुगेका छन् । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रले पुनरावलोकन निवेदन दिन लागेको हो ।
बिहान ११ बजे बर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्वोच्च अदालत पुगेका हुन् । गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।
तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए ।












