काठमाडौं । आज नेकपा माओवादी केन्द्र पुनरवलोकनको निवेदन दिँन सर्वोच्च अदालत जाँदै छ । नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएको माओवादी केन्द्रले फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो । आज बिहान ११ बजे नेकपा माओवादी केन्द्र सर्वोच्च अदालत जाने बताईएको छ ।
गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।
तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए ।












