२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहिणीका स्तन र पाठेघर जाँच्न नेपाल क्यान्सर अस्पताल हरिसिद्धिको टोली गुल्मीको तम्घासमा



अ+ अ-

ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरको विशेषज्ञ चिकित्सक टोली गुल्मीको सदरमुकाम तम्घासका गृहिणीहरुको स्तन र पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन तम्घास पुगी उनीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

निजामति कर्मचारी श्रीमती संघ अनामनगर, काठमाण्डौको आयोजना तथा नेपाल क्यान्सर सहयोग समूह  उपचारका लागि सहयोगी हातहरु र मदनदेवी फाउण्डेशनको सहयोगमा विशेषज्ञ चिकित्सक टोली पहिलोपल्ट नि:शुल्क शिवीर सञ्चालन गर्न तम्घास पुगेको थियो ।

तम्घासस्थित महेन्द्र मोडेल सेकेण्डरी स्कुलमा आयोजित स्थानीय गृहिणीहरुको पाठेघर तथा स्तन क्यान्सर सम्वन्धि नि:शुल्क शिवीरमा क्यान्सरको लक्षण देखिएकाहरुलाई तत्काल उपचारको लागि नजिकको अस्पताल या क्यान्सर अस्पतालमा जान सुझाइएको उपचारका लागि सहयोगी हातहरुकी कोषाध्यक्ष रेजिना मुल्मीले बताइन् ।

नेपाल क्यान्सर अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.अनुषा शर्मा, मेडिकल अफिसरहरु डा.विजिता शर्मा, आरसी अमात्य, नर्स शिला बस्नेत र धनदेवी महर्जनले शनिबार विहान ९ देखि ६ बजेसम्म २५० जनाको स्वास्थ्य परीक्षण गरि नि:शुल्क औषधि वितरण र स्वास्थ्य परामर्श दिएका थिए ।

सो शिवीरमा नेपाल क्यान्सर अस्पतालकी निर्देशक एवम् उपचारका लागि सहयोगी हातहरु संस्थाकी अध्यक्ष स्वरुपा श्रेष्ठ, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई,कोषाध्यक्ष रेजिना मुल्मी, निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष अन्जु अर्याल, नेपाल क्यान्सर अस्पतालका बजार व्यवस्थापक स्वयम् विक्रम शाह, सहयोग समूहकी रोजिना थापा लगायतले स्वयम्सेवा गरेका थिए ।