२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता



अ+ अ-

काठमाडौं । चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजित एक संक्षिप्त कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र प्रभु बैंकका प्रमुख बजार अधिकृत मञ्जय राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु , कर्मचारी तथा कर्मचारीका पारिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक ॐ अस्पतालले तीन दशक अधिदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ । नि:सन्तान दम्पतिहरुलाई दाम्पत्य सुख प्रदान गर्ने आइ.भि.एफ. सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, मुत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत शुल्क सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ । स्वास्थप्रति जागरुक नागरिकहरुकालागि ॐ अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि वित्तिय संस्था प्रभु बैंकका देशभर रहेका ३०१ शाखामा ३१ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले ७२ वटा एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, २७० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैङ्किङ सेवा सुबिधा प्रदान गर्दै आइरहेको छ ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक सबिन राणा तथा ॐ हस्पिटलका व्यापार प्रवर्दधन व्यवस्थापक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो ।




भर्खरै