काठमाडौँ । बालुवाटारमा रहेको ललिता निवासको जग्गा प्रकरणमा मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दे सर्वोच्च अदालतमा परेको रिट आज पुनः पेशीमा चढेको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा चलाउनु पर्ने माग गर्दे सर्वोच्च पुग्नु भएको थियो ।
मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको थियो । यस अघि सोही मुद्धामा पूर्वमन्त्री बिजयकुमार सहितका ३ जना पुर्बमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर मुद्धा विशेष अदालतमा बिचाराधिन रहेको छ ।












