काठमाडौं । चीन सरकारले नेपाललाई दिएको कोरोना विरुद्धको ‘भेरासेल’ नामक खोप सोमबार बिहान नेपाल आइपुगेको छ । चीन सरकारले नेपाललाई आठ लाख डोज खोप प्रदान गरेको छ ।
त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट खोप त्रिभुवन विमानस्थल ल्याइएको हो ।

सो खोप लिन वाइडबडी जहाज आइतबार बेइजिङ गएको थियो ।












