काठमाडौं । आज तराई मधेसका जिल्लाहरूमा रंगहरूको पर्व फागु (होली) हर्षोलासपूर्वक मनाइँदै छ । केन्द्र सरकारले आज होलीको अवसरमा तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । पहाडी जिल्लामा हिजो फागु पूर्णिमा मनाईएको थियो तर तराईमा भने आज होली मनाउने चलन रहेको छ ।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।
यधपी कोरोना संक्रमणको जोखिमका कारण भिडभाड नगरी होली पर्व मनाउन सरकारले आह्वान पनि गरेको छ ।












