२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको स्थिति बदल्न एमालेको एकल बहुमतको सरकार आवश्यकः ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकलाई व्यावसायिक सिप र तालिम आवश्यक रहेको बताउनुभएको छ ।

झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत नेकपा एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले सिप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्ने बताउनुभयो । ‘यही काम नेकपा एमालेले थालेको थियो’, ओलीले भन्नुभयो ।

नेकपा एमालेको सरकारले छोट समयमा पनि पर्याप्त काम गरेको ओलीले स्मरण गराउनुभयो । ‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन्’, ओलीले भन्नुभयो ।

एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको उहाँले बताउनुभयो । देश विकासको काम अहिले ठप्प रहेको ओलीको भनाइ छ । यस्तो स्थितिलाई बदल्नको लागि, एमालेको सरकार, एकल सरकार नभई हुँदैन, त्यसकै लागि हामीले मिसन २०८४ भनेका छौँ’, ओलीले भन्नुभयो ।

देश बनाउने अभियानको नेतृत्व नेकपा एमालेले गर्ने ओलीले दाबी गर्नुभयो । ‘नेकपा एमालेले देश बनाउने कामको नेतृत्व गर्छ, यस काममा सही तरिकाको साथ अघि बढ्न पर्छ’, ओलीले भन्नुभयो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।