काठमाडौ । भारतीय सेनाले नेपाली सेनालाई सहयोग स्वरुप उपलब्ध गराएको एक लाख डोज भ्याक्सिन आईतबार काठमाडौं आईपुगेको छ । सैनिक प्रबक्ता सन्तोष बल्लव पौडेलका अनुसार कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई उपलब्ध हुने एक लाख डोज भ्याक्सिन काठमाडौं आईपुगेको हो ।
प्रबक्ता पौडेलका अनुसार यसको औपचारिक हस्तान्तरण केही दिनमा हुने कार्यक्रम रहेको छ ।












