२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र दान्भीको ट्रिजर सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र दान्भीको ट्रिजर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रिजर सार्वजनिक भएको हो । चलचित्रको निर्देशन रुपेश तामाङ हुनुहुन्छ भने फिल्ममा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ ।

फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । अनुप गदाल र देव मगरको लगानीमा तयार भइरहेको यो फिल्ममा कमला लिम्बू र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् । फिल्म ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री पूजा शर्माले दान्भीलाई सबैले मन पराउनेमा विश्वस्त रहेको र दान्भीलाई सफल बनाइदिन आग्रह गर्नुभयो । उहाँले दान्भी एक्शन चलचित्र रहेकाले आगामी दिनमा आफू एक्शन फिल्मका लागि स्क्रिप्ट तयार गरेको र निर्माण गर्ने इच्छा रहेको बताउनु भयो ।

फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरेका छन् ।