२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय संसदमा सुरक्षा उल्लङ्घन प्रकरण: थप २ जना पक्राउ



अ+ अ-

नयाँदिल्ली । दिल्ली प्रहरीको स्पेसल सेलले संसद् सुरक्षा उल्लङ्घन मामिलाको अनुसन्धान गरिरहेको छ । उक्त मामिलामा पक्राउ परेका पाँच जनासँग उनीहरूको शङ्कास्पद सम्बन्धका आधारमा थप दुई जनालाई सेलले पक्राउ गरेको छ ।

पक्राउ परेका महेश र कैलाश दुवै राजस्थान निवासी हुन् । उनीहरूको ‘जस्टिस फर आजाद भगत सिंह’ नामक सामाजिक सञ्जाल समूहसँग कथित सम्बन्ध रहेको बताइएको छ । स्पेसल सेलको काउन्टर इन्टेलिजेन्स युनिटको सोधपुछमा महेश पनि आक्रमणकारी टोलीमा समावेश हुन लागेको तर केही कारणले उनको परिवारका सदस्यले रोकेको सार्वजनिक भएको छ ।

यसका साथै महेशले पाँचौँ अभियुक्त तथा मास्टरमाइन्ड ललित झालाई दिल्लीबाट राजस्थानको कुचामन पुगेपछि उनका साथीहरूको मोबाइल फोन जलाउन पनि सहयोग गरेका छन् । अर्कातिर हिजो राति दुई प्रहरी अधिकारीसहित वरिष्ठ प्रहरी अधिकारीहरूले ललित झासँग सोधपुछ गर्दा उनले सम्पूर्ण घटना बताएका छन् ।

सूत्रका अनुसार हमलाको तयारी धेरै महिनाअघि भइरहेको खुलासा भएको छ । संसद्मा प्रवेशका लागि प्रवेश पास आवश्यक थियो, त्यसैले यो उपलब्ध थिएन । ललितले सजिलै संसद्मा प्रवेश गर्न कसले पासको व्यवस्था गर्न सक्छ भनेर सबैलाई सोधेका थिए ।

ललितले राजस्थानको होटलबाट लगातार समाचार च्यानलहरूमार्फत जारी घटनाक्रम र प्रहरीको गतिविधमाथि नजर राखिरहेका थिए । सूत्रका अनुसार लखनऊ, मैसुर, कर्नाटक, राजस्थान, महाराष्ट्र र हरियाणामा अभियुक्तहरूसँग सम्बन्धित स्थानमा जान र थप जानकारी प्राप्त गर्नका लागि दिल्ली प्रहरीको स्पेसल सेलले छ वटा टिम बनाएको छ ।

त्यसबाहेक स्पेसल सेलसँग अभियुक्तहरूलाई सात दिनको हिरासतमा राखेकाले उनीहरूलाई क्रस–भेरिफिकेसन र प्रमाणहरू पहिचान गर्नका लागि अलग अलग स्थानमा लगिने छ । संसद्मा जुत्ताको जाँच गरिँदैन भन्ने थाहा पाएर जुत्ताभित्र धुवाँको डिब्बा सजिलै लैजान सकिन्छ भनी लखनऊमा दुई जोडी जुत्ता विशेष अर्डरमा बनाइएको पनि खुलासा भएको छ ।

यसैबीच सूत्रका अनुसार दिल्ली प्रहरीको स्पेसल सेलले शनिबार वा आइतबार अभियुक्तहरूलाई संसद् परिसरमा पुन: लगेर बुधबार भएको संसद् सुरक्षा उल्लङ्घनको दृश्यलाई फेरि बनाउने छ । अपराध दृश्यको पुन: निर्माण गर्नका लागि अभियुक्तहरूलाई संसद्मा लगिने छ । यसबाट अभियुक्तहरूले रङ्गीन स्प्रे लिएर संसद्मा कसरी प्रवेश गरे र उनीहरूले आफ्नो योजनालाई कसरी सफल पारे भन्ने पत्ता लगाउन प्रहरीलाई सहयोग पुग्नेछ । रासस