२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिका कारण पार्टी चलायमान भएन भन्नुको कुनै तुक छैन: प्रवक्ता महत



file photo
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी सभापति शेरबहादर देउवाका कारण पार्टी चलायमान भएन भन्नेकुरामा कुनै सत्यता नभएको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापतिका कारण काम गर्न पाइनँ र कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्नेकुरामा कुनै सत्यता नरहेको जिकिर गर्नुभयो । पार्टी सभापतिले सबैलाई स्वतन्त्र रुपमा काम गर्न दिएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘विभागहरुले पनि पूर्णता पाइरहेका छन् । कतिपय विभागहरु बाँकी छन् । त्यसले पनि पूर्णता पाउँछ । अब भ्रातृ संगठनहरुले पनि पूर्णता पाइरहेका छन् । तिनीहरु क्रियाशील छन् । भूकम्पदेखि हरेक क्रियाकलापमा भ्रातृ संगठनहरु क्रियाशील छन् । पार्टी सभापतिजीले गर्दा पार्टी चलायमान भएन भन्नेकुरामा कुनै तुक छैन । उहाँले उदारताकासाथ पार्टी सञ्चालन गरिरहनुभएको छ । केन्द्रिय समितिमा छलफल हुँदा त्यस्तो द्वन्द्व, तिक्तताको अवस्था छैन । सबैको दृष्टिकोण सुनेर उदारतका साथ काम जिम्मेवारी दिनुहुन्छ । पार्टी सभापतिको कारणले यहाँ काम गर्न पाइएन कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्नेकुरा कुनै सत्यता छैन ।’

प्रवक्ता महतले पार्टीका विभाग र भ्रातृ संगठनहरुले बिस्तारै पूर्णता पाइरहेको र क्रियाशील रहेको पनि बताउनु भयो ।