२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित शर्मालाई पन्छाउँदै मुम्बई इन्डियन्सको कप्तानमा हार्दिक पाण्ड्या



अ+ अ-

एजेन्सी । हार्दिक पाण्ड्याले आईपीएल २०२४ मा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको कप्तानी गर्ने भएका छन् । मुम्बईले इन्डियन प्रिमियर लिगको १७ औं सिजनका लागि हार्दिकलाई कप्तान नियुक्त गरेको हो ।

यसको मतलब यो सिजन रोहित शर्मा टोलीको कप्तानीमा देखिने छैनन् । रोहितको कप्तानीमा मुम्बईले पाँच पटक आईपीएलको उपाधि जितेको छ ।

रोहित शर्माले आईपीएल २०२४ मा मुम्बई इन्डियन्सको कप्तानी गर्ने छैनन् । आईपीएलका पाँच उपाधि जितेको मुम्बईको टोलीले आगामी सिजनका लागि हार्दिकलाई टोलीको कमाण्ड दिने निर्णय गरेको हो ।

मुम्बईले हार्दिकलाई मिनी लिलामी अघि गुजरात टाइटन्ससँग व्यापार गरेर आफ्नो टोलीमा समावेश गरेको थियो ।

आईपीएलमा कप्तानका रुपमा हार्दिक पाण्ड्याको कीर्तिमान अतुलनीय रहेको छ । हार्दिकले पहिलो सिजनमा आफ्नो कप्तानीमा गुजरात टाइटन्सलाई च्याम्पियन बनाएका थिए । यससँगै गत सिजन पनि हार्दिकको कप्तानीमा टोली फाइनलमा पुगेको थियो ।

यही कारणले गर्दा मुम्बईको टोलीले यस सिजनका लागि हार्दिकमाथि विश्वास लिएको छ । जब हार्दिकलाई ट्रेड गरियो, उनले मुम्बईको जिम्मेवारी लिन सक्ने अनुमान गरिएको थियो ।

अर्कोतर्फ रोहित शर्माले आफ्नो कप्तानीमा मुम्बई इन्डियन्सलाई पाँच पटक च्याम्पियन बनाएका छन् । रोहित सन् २०११ मा मुम्बईको टोलीमा सामेल भएका थिए र २०१३ मा उनलाई टोलीको नेतृत्व सुम्पिएको थियो । रोहितले यो वर्ष पहिलो पटक आईपीएलको उपाधि टोलीलाई दिएका थिए । यसपछि सन् २०१५, २०१७, २०१९ र २०२० मा रोहितको कप्तानीमा मुम्बईले आईपीएलको उपाधि जितेको थियो ।




भर्खरै