२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनामा आँधीले क्लबको छाना खस्दा १३ को मृत्यु



अ+ अ-

एजेन्सी । अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत खसेको थियो । “दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ”, नगरपालिकाले विज्ञप्तिमा भनेको छ । अग्निनियन्त्रकहरूले भग्नावशेषमुनि फसेका मानिसहरूको उद्धारका लागि काम गरिरहेको पनि नगरपालिकाले जनाएको छ ।

उक्त सहरमा एक सय ४० किलोमिटर (८७ माइल) प्रतिघन्टाभन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ । तीव्रगतिको हावा आएसँगै केही भागमा बिजुलीसमेत गएको थियो ।




भर्खरै