२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाको पुनरागमन जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा भिल्लाले ब्रेन्टफोर्डलाई उसकै मैदानमा २ १ गोलले पराजित गरेको हो ।

घरेलु टोली ब्रेन्टफोर्डले खेलको ४५ औं मिनेटमा किन लेविस पोटरको गोलबाट सुरुवाती अग्रता लिएको थियो । यता, खेलको ७७ औं मिनेटमा एलेक्स मोरेनोले तथा ८५ औं मिनेटमा ओलि वाट्कीन्सले गोल गर्दै भिल्लालाई जित दिलाए ।

खेलको ७१ औं मिनेटमा बेन मीले रातो कार्ड खाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो । यता खेल सकिनै लाग्दा इन्जुरी समयमा भिल्लाका बोउवाकार कमाराले पनि रातो कार्ड खान पुगे ।

यो नतिजासँगै भिल्ला १७ खेलबाट ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । ब्रेन्टफोर्ड १९ अंकका साथ १२ औं स्थानमा छ ।