२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीको महोत्सवमा पल शाहले ब्रासलेट हराए



अ+ अ-

काठमाडौँ । धनगढीको महोत्सवमा अभिनेता पल शाहले शनिबार प्रस्तुति दिए । दर्शकहरुको अत्यधिक माया पाएका पल शाहलाई व्यक्तिगत रुपमा भने चिन्ता परेको छ ।

उनले त्यहाँ ब्रासलेट हराएका हुन् । महोत्सवमा प्रस्तुति दिइरहेका बेला शाहको करिब ३ तोला बराबरको सुनको ब्रासलेट हराएको हो ।

ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको आयोजकले जनाएको छ । यद्यपि, शाहले ब्रासलेट हराएकोमा कुनै गुनासो नगरेको आयोजक बताउँछ । महोत्सवमा सो दिन एक लाख बढी दर्शक उपस्थित थिए ।

शनिबार अभिनेता शाहको ब्रासलेट हराएकोबारे आइतबार पनि उद्घोषकले जानकारी गराएका थिए ।