२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा साथीको हत्या पश्चात् हुलिया बदली नेपाल आउन लागेका व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले मलेसियामा साथीको हत्या गरी नेपाल आउन लागेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गौशालाका २४ वर्षिय अनिल कुमार साह रहेका छन् ।

इन्टरपोलमार्फत मलेसियन प्रहरी र मलेसिया स्थित नेपाली राजदूतावाससँगको समन्वयमा साहलाई हिमालयन एयरलाईन्सबाट आफ्नो हुलिया बदली नेपाल आउँदै गर्दा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

साहले झापाका ४० वर्षिय धन बहादुर प्रधानको मंसिर २५ गते मलेसियामा नै हत्या गरेका थिए ।

मृतकको श्रीमतीको जाहेरी अनुसार ज्यान सम्बन्धी कसुर मुद्दामा साहलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद लिई इन्टरपोलमार्फत मलेसियन प्रहरी र मलेसिया स्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।