३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यका तुवाँलोले ढाक्यो, अन्तराष्ट्रिय उडानहरु आकाशमा नै होल्ड ( भिडियो सहित)



अ+ अ-

काठमाडौं । भारतबाट उडेर आएको धुलोका कारण शुक्रवार मध्यान्न देखी उपत्यकामा धुम्म भएको छ। भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलो उपत्यकामा प्रबेश गरेसंगै सुक्खा धुलो मिश्रित तुवाँलोले ढम्म डाकेको हो ।  

काठमाडौंको आकाशमा वायुप्रदुषण बढ्दा हवाई उडान प्रभावित बनेको छ । तुवाँलोको कारण भिजीविलिटी कम हुँदा राष्ट्रिय अन्तराष्ट्रिय उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अन्तराष्ट्रिय उडानका चार ओटा बिमान अवतरण हुन नसक्दा आकाशमा नै होल्ड छन् ।  हङकङबाट आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्स आकाशमा नै होल्ड भएर बसेका छन् । 

यता आन्तरिक उडानहरु सबै रोकिएका छन् । बुद्ध एयरले आफनो फेसबुक पेजमा लेखेको छ, "काठमाडौंमा भिजिविलिटी समस्या देखिएको छ । हाम्रा उडानहरु पनि प्रभावित भइरहेको छ । असुविधाको लागि क्षमाप्रार्थी छौं । उडान सम्बन्धी अपडेट हाम्रो मोबाइल एपबाट हेर्न सकिन्छ ।

 मध्यान्न देखी उपत्यकामा घाम लागेको छैन भने हावा पनि चलेको छैन । बायुमण्डल धुमिल भएको छ भने भिजिबिलिटीमा पनि कमि आएको छ । घर बाहिर निस्कदा आँखा पिरो हुने समस्या देखिएको छ । वातावरणमा एक्कासी परिवर्तन आएपछि जनजीवन पनि प्रभावित भएको छ । वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क अत्याधिक बढेका कारण तुवाँलो दोखिएको हो । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा वायुको गुणस्तर सूचकाङ्क (एयर क्यालिटी इन्डेक्स) ४७०, भक्तपुरमा ३०५, कीर्तिपुरमा २२१ र उपत्यका बाहिर सिमरामा २४८ पुगेको