३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर १५६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

पछिल्लो २४ घन्टामा मुलुकभर कुल ४ हजार ४ सय १६ जनामा पीसीआर परीक्षण गर्दा १ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । 

हालसम्म कुल २ लाख ७६ हजार ६ सय ६५ जनामा कोरोना संक्रमण भएको छ । यसमध्ये २ लाख ७२ हजार ३ सय ४२ जना निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार शुक्रवार मात्रै ७० जना निको भएका छन् । कोरोना भाइरसको उपचारपछि निको भएकाहरूको दर ९८.४ प्रतिशत रहेको छ । 

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जना मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।