२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताको इडेन गार्डेनमा कर्मचारीका छोराको शव झुण्डिएको अवस्थामा भेटियो



अ+ अ-

एजेन्सी । कोलकाता प्रहरीले सोमबार ऐतिहासिक इडेन गार्डेनको ग्यालरीबाट शव फेला पारेको छ । मृत्यु हुनेमा जग्गा कर्मचारीका छोरा धनञ्जय बारिक रहेका छन् ।

पीटीआई रिपोर्टका अनुसार धनञ्जयको शव एक ग्राउन्डकीपरले फेला पारेको थियो । जानकारी अनुसार इडेन गार्डेनको ग्यालरी–केको माथिल्लो तहमा युवकको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।

इडेन गार्डेनमा आफ्नो बुबा र नातेदारले जस्तै ग्राउन्ड स्टाफको रूपमा नियुक्ति नभएकाले धनञ्जय डिप्रेसनबाट पीडित भएको हुनसक्ने अनुसन्धानको जिम्मा लिएका एक वरिष्ठ प्रहरी अधिकारीले बताए ।

मृतक सायद डिप्रेसनबाट ग्रसित थिए, किनभने उनलाई उनका बुबा र नातेदारले जस्तै इडेन गार्डेनको ग्राउन्ड स्टाफको रूपमा नियुक्ति गरिएको थिएन,ू पीटीआईले अधिकारीलाई उद्धृत गर्दै भन्यो । मृतकका बाबु र आफन्त इडेन गार्डेनमा काम गरिरहेका छन् । यो आत्महत्या हो वा अरु केहि हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

मृतकका आफन्तले आइतबार प्रहरी चौकीमा उनी बेपत्ता भएको भन्दै उजुरी दिएको प्रहरी अधिकारीले जानकारी दिए । इडेन गार्डेन दुर्घटनाका कारण विवादमा परेको यो पहिलो पटक भने होइन ।

अगस्ट ९ मा ड्रेसिङ रुममा आगलागी भएको थियो, जसमा धेरै खेलकुद सामग्री जलेको थियो । एकदिवसीय विश्वकपको तयारी भइरहेको निर्माण कार्यका क्रममा उक्त घटना भएको थियो ।