३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ नंम्बर प्रदेशमा मन्त्रीपरिषद् बिस्तार हुँदै, १ बजे सपथ ग्रहण समारोह



अ+ अ-

विराटनगर । प्रदेश १का मूख्यमन्त्री शेरधन राईले मन्त्रीपरिषद् विस्तारका तयारी गर्नुभएको छ । रिक्त रहेका चार ओटा मन्त्रालयमा दुई मन्त्री तथा दुई राज्यमन्त्री थप गरेर मन्त्रीपरिषद् बिस्तार गर्न लाग्नुभएका हो ।

नयाँ जिम्मेबारी पाउनेमा  आर्थिक मामिला तथा योजना मन्त्रालयमा  टंक आङबोहाङ र सामाजिक विकास मन्त्रालयमा उषाकला राई लाई जिम्मेवारी दिने तयारी मुख्यमन्त्री राई गर्नुभएको छ । यसै गरी भौतिक पूर्वाधारमन्त्रालयको जिम्म्मेबारी अम्बिरबाबु गुरुङ लाई र कृषिमन्त्रालयको जिम्मेबारी राम रानालाई दिने तयारी मुख्यमन्त्री राइृले गर्नुभएको छ ।

यसै गरी राज्यमन्त्रीमा कला घले कृषि र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुँदै हुनुहुन्छ । जिम्मेवारी पाउने मन्त्रीहरुको सपथग्रहण दिउसो १ बजे राखिएको छ ।