२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडभान्स बुकिङमा प्रभासको ‘सालार’ले शाहरुखको ‘डंकी’लाई उछिन्यो



अ+ अ-

एजेन्सी । एडभान्स बुकिङमा दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘सालार’ले शाहरुख खानको फिल्म ‘डंकी’लाई उछिनेको छ । ‘सालार’ आगामी डिसेम्बर २२ रिलिज हुँदैछ भने ‘डंकी ‘२१ तारीखबाट रिलिज हुँदैछ । यी दुवै फिल्मको एडभान्स बुकिङ सुरु भइसकेको छ ।

‘सालार’ले एडभान्स बुकिङमा भारु २ करोड ४० लाख भन्दा धेरै कमाएर ‘डंकी’लाई पछाडि पारेको छ । यसअघि ‘डंकी’ले ‘सालार’लाई उछिनेको थियो । तर भारतीय सिनेमाजमा ‘डंकी’को तुलनामा ‘सालार’लाई कम शोज दिइएको छ ।

अहिलेसम्म एडभान्स बुकिङबाट ‘सालार’ले १२ करोड ६७ लाख भारु कमाईसकेको छ । ६ हजार ४३९ शोजका लागि फिल्मले ५ लाख ७७ हजार ४०६ ओटा टिकट बिक्रि भईसकेको छ । अर्कोतर्फ ‘डंकी’को एडभान्स बुकिङ १० करोड २६ लाख भारु छ । १२ हजार ६०८ शोजका लागि ‘डंकी’को ३ लाख ६० हजार ५०८ ओटा मात्रै टिकट बिक्री भएको छ ।

‘सालार’ फिल्मका निर्देशक ‘केजीएफ’ फेम प्रशान्त नील हुन् । यस फिल्ममा फ्यानले उनको विद्रोही अवतार एकपटक फेरि हेर्न पाउनेछन् । सालार तेलुगु, तमिल, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज हुँदैछ । यस्तै, राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ भारतमा हिन्दी भाषामा मात्रै रिलिज हुनेछ ।