२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसल्याण्डमा ज्वालामुखी, आगोका फिलिङ्गा २०० मिटरसम्म अग्ला



अ+ अ-

रेक्याभिक, आइसल्याण्ड । दक्षिण-पश्चिम आइसल्याण्डको रेक्यानेस प्राय:द्वीपको सिलिंग्राफेल र हागाफेलको बीचमा ज्वालामुखी विस्फोट भएको छ ।

स्थानीय समय अनुसार डिसम्बर १८ तारिख सोमबार साँझ करिब ९ बजेको समयमा स-साना तीव्र भूकम्पका श्रृङ्खला पश्चात राति १०:१७ बजे विष्फोट सुरु भएको थियो। पछिल्लो तीन वर्षमा चार पटकसम्म ज्वालामुखी बिष्फोट भएको छ । यसपटक बिस्फोट भएको ज्वालामुखी आइसल्याण्डको राजधानी रेक्याभिकदेखि ४० किलोमिटरको दुरीमा रहेको छ ।

पछिल्ला २ ज्वालामुखी भन्दा यस पटकको ज्वालामुखी निकै ठूलो र शक्तिशाली रहेको छ। दक्षिण पश्चिम आइसल्याण्डको माछा मार्ने शहरको रुपमा परिचित ग्रिन्दाभिक शहर नजिक ज्वालामुखी बिष्फोट भएको हो। उक्त शहरका करिब चार हजार मानिसलाई अन्यन्त्र सारिएको छ। करिब तीन किलोमिटर क्षेत्रफलमा फैलिएको ज्वालामुखीबाट लाभासँगै धुवाँ निस्किएको छ। ज्वालामुखी बिष्फोट हुँदा ज्वालामुखीबाट निस्केको लाभाको फोहोरा २०० मिटर अग्लो देखिएको थियो।

गत नोभेम्बरमा अत्यधिक मात्रामा भूकम्प गएपछि ग्रिण्डाभिक शहर वरपर ज्वालामुखी बिष्फोट हुन सक्ने भन्दै उक्त क्षेत्रका चार हजार मानिसलाई अन्यन्त्र सारिएको थियो। त्यसपछि भूकम्प केही मत्थर हुँदै गएपछि उक्त क्षेत्रका बासिन्दालाई सम्भावित खतरा टर्दै गएकोले अब छिटै आफ्नो बासस्थानमा फर्किन दिने बताएको थियो तर सोमबार बेलुका १० बजेर १७ मिनेटमा बैज्ञानिकहरुलाई समेत चकित पार्दै ज्वालामुखी बिष्फोट हुन पुगेको थियो । उक्त क्षेत्रबाट नजिक रहेको आइसल्याण्डको निकै प्रख्यात जियो थर्मल पुल आइतबारबाट मात्र पुन: संचालनमा आएको थियो ।

उक्त क्षेत्रका बासिन्दालाई सुरक्षा निकायले प्रत्येक दिन बिहान ७ बजे र बेलुका ९ बजेको बीचमा उनीहरुको आफ्नो घर फर्कन अनुमति दिएको थियो, र केही व्यवसायहरू पुन: संचालनमा आएका थिए, उनीहरूलाई रातभर बस्न वा शहर वरिपरि हिंड्न अनुमति थिएन । उक्त क्षेत्रका बासिन्दा यो हप्ता नयाँ अपडेटको पर्खाईमा रहेका थिए र उनीहरुलाई प्रहरी तथा स्थानीय अधिकारीहरुले क्रिसमसको समयमा अहिले लगाइएको निषेधाज्ञा हटाइने बताएको थियो भने आइतबार मात्र आइसल्याण्डको निकै प्रख्यात जियो थर्मल पुल ब्लु लागुनलाई समेत सुचारु गरेको थियो।

पछिल्ला तीन वर्षमा पहिलो पटक १९ मार्च २०२१ मा रेय्क्यानेस पेनिनसुलाको फाग्रादाल्सफ्याउल स्थित बिष्फोट भएर ६ महिना सम्म सक्रिय रहेको थियो । दोश्रो २०२२ को ३ अगष्टमा बिष्फोट भएर करिव ३ हप्ता सम्म सक्रिय रहेको थियो भने यो वर्ष गत १० जुलाई २०२३ का दिन तेस्रो जवालामुखी रेक्यानेस प्रायद्वीपको लित्लिहुर्तुर स्थित बिष्फोट भएर करिब २५ दिन सक्रिय रहेको थियो। त्यसैगरी आइसल्याण्डमा यस अगाडि २०१० मा ऐयाफ्यात्लायुकुल स्थित बिष्फोट भएको ज्वालामुखीका कारण युरोपभरी करिब १ लाख उडान रद्ध भएका थिए जसका कारण लाखौं यात्रु अलपत्र परेका थिए।

पछिल्ला ३ ज्वालामुखीले हवाई यातयातमा भने कुनै पनि प्रभाव पारेको छैन। ज्वालामुखीको अवलोकन गर्न हरेक पटक लाखौं पर्यटक यहाँ आउने गरेका छन्। यस पटकको ज्वालामुखी हेर्न सर्बसाधारणलाई अहिलेसम्म अनुमति दिइएको छैन । आइसल्याण्डमा युरेशियन र उत्तर अमेरिकाको टेक्टोनिक प्लेटहरू एक आपसमा जोडिएका र यिनै टेक्नोटिक प्लेटहरुको घर्षणका कारण भूकम्प सहित ज्वालामुखी बिष्फोट हुने गरेको वैज्ञानिकहरुको भनाई छ ।

आइसल्याण्डको कुल जनसंख्या ३ लाख ७५ लाख रहेको छ । यहाँ करिब २०० नेपाली बसोबास गरिरहेका छन् । अहिले ज्वालामुखी बिस्फोट भएको ठाउँ नजिक रहेको ग्रिण्दाभिक् शहरमा टाइसन गुरुङ र उनको परिवार रहेको र उनीहरुलाई २ हप्ता अगाडि नै सुरक्षित ठाउँमा सारिएको गुरुङले बताए ।




भर्खरै