२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज छ अङ्कले ओरालो लागेर तीन सय ९६ दशमलव ६२ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने दुई उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कूल एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता शेयर रु छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३० करोड ६८ लाख ६० हजार आठ सय बराबरको शेयर कारोबार भयो । सोनापुर मिनरल्स रु २५ करोड ४७ लाख ६९ हजार पाँच सय २४, हिमालयन डिस्टिलरी रु २० करोड छ लाख २० हजार एक सय ६०, हाथवे इन्भेस्टमेन्ट रु १५ करोड ३६ लाख २० हजार चार सय ९२ र घोराही सिमेन्ट रु १५ करोड २३ लाख ५० हजार पाँच सय नौ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावरलगायत कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स सात दशमलव ४४, उन्नती सहकार्य लघुवित्त सात दशमलव २६, सनराइज फस्ट म्युचुअल फण्ड छ दशमलव ९४, गरिमा विकास लघुवित्त छ दशमलव ९४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५२ प्रतिशतले गुमाएका छन् । रासस