२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह गर्न केटाहरूले लाठीले कुटाई खानुपर्ने अनौठो ठाउँ



अ+ अ-

एजेन्सी । धेरै रहस्यमय जनजातिहरू संसारका विभिन्न क्षेत्रमा बस्छन् । परम्परा, जीवनशैली र खानाको लागि उनीहरु परिचित छन् । आधुनिक युगमा मानिसहरूले आफ्नो परम्परालाई बिर्सिँदै गएका छन् भने जनजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पालना गरिरहेका छन् ।

आफ्नो बसोबास गर्ने ठाउँमा जनजातिको पूर्ण अधिकार छ । सरकारले पनि जनजातिको अधिकारमा हस्तक्षेप गर्दैन । संसारमा पाइने यी जनजातिहरूमा धेरै अनौठो चलनहरू छन् ।

आज पनि अफ्रिकामा धेरै जनजातिहरू बस्छन्, तिनीहरूको विश्वासको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । यहाँ फुलानी नामक जातिको बसोबास छ । यो जनजातिमा पुरुषले श्रीमती पाउनको लागि पीडा सहनु पर्ने हुन्छ ।

मिडिया रिपोर्टका अनुसार नाइजेरियामा फुलानी नामको जनजाति बस्छ, जुन पश्चिम अफ्रिकाका धेरै देशहरूमा पाइन्छ । यस जनजातिमा शारोन नामको पर्व मनाइन्छ । यसमा पुरुषले सबैको अगाडि कुटाइ खान्छन् । यो पर्वमा कुन पुरुषले आफ्नो मनपर्ने श्रीमती पाउने भन्ने टुंगो लगाइन्छ । यो जनजातिमा पुरुषले कुटाई खानु उनीहरुको लागि गौरव र सम्मानको कुरा हो ।

यो पर्वमा अविवाहित पुरुषहरुको जमघट हुन्छ । त्यसपछि बुढापाकाले उनीहरूलाई काठको डण्डीले कुटपिट गर्छन् । यसैबीच, अन्य मानिसहरू र युवाका परिवारका सदस्यहरू हेरिरहेका हुन्छन् । यदि युवाले कुटपिटको पीडा सहन सक्दैन भने उसलाई कमजोर मानिन्छ । यसपछि युवती र उनका परिवारका सदस्यले उनलाई विवाहको लागि उपयुक्त बेहुला मान्दैनन् ।

मानिसले जति धेरै पीडा सहन्छ, उसको भावी श्रीमतीप्रतिको माया त्यति नै बढ्दै जाने विश्वास गरिन्छ । पीडा भोग्ने पुरुषले केटीलाई असाध्यै माया गर्छ भन्ने मान्यता छ । उसले केटीको लागि जस्तोसुकै पीडा पनि सहन सक्छ ।

यो प्रतियोगिता केटीहरूको लागि हो । बिजेता केटाले आफ्नो मनपर्ने केटीलाई विवाहको लागि रोज्न सक्छ ।