२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिलिज लगत्तै ‘सालार’ एचडी क्वालिटीमा लीक



अ+ अ-

एजेन्सी । प्रभास–श्रुति हसन–पृथ्वीराज सुकुमारन स्टारर फिल्म ‘सालार’ अन्ततः हलमा रिलिज भएको छ । यो फिल्मसँगै शाहरुख खान अभिनित तथा राजकुमार हिरानीद्वारा निर्देशित ‘डंकी’ एक दिन अगावै हलमा रिलिज भएको छ ।

प्रशान्त नीलले निर्देशन गरेको फिल्म ‘सालार’ले दक्षिणी र उत्तरी दर्शकबाट निकै प्रशंसा पाइरहेको छ । प्रभासले यो फिल्मबाट बाहुबलीको रेकर्ड समेत तोड्ने आशा दर्शकहरुले गरेका छन् ।

तर, सालारको रिलिजसँगै एउटा नराम्रो खबर बाहिर आएको छ । रिपोर्टहरूको विश्वास गर्ने हो भने, सालार रिलिजसँगै अनलाइन लिक भएको छ । हाल फिल्म रिलिज हुने र तुरुन्तै अनलाइन लिक हुने चलन बनेको छ । पछिल्लो समय ‘सालार’ पनि पाइरेसीको सिकार बनेको छ । रिपोर्टका अनुसार सालारको एचडी संस्करण अनलाइन लिक भएको छ ।

यो फिल्म ३ देखि ४ वटा साइटमा लीक भएको छ जसले अन्य फिल्मलाई लीक गर्छ । फिल्मको पाइरेसीका कारण निर्माण पक्षलाइृ धेरै नोक्सान हुने गरेको छ ।

मानिसहरू थिएटर छाडेर घरमै अनलाइन चलचित्र हेर्ने गर्छन्, जसले थिएटर मालिकहरूलाई मात्र नभई निर्माताहरूलाई पनि ठूलो नोक्सान पुर्‍याउँछ । बढ्दो पाइरेसीलाई लिएर बलिउडका स्टारहरूले पनि पटकपटक आवाज उठाएका छन् तर अहिलेसम्म कुनै समाधान हुन सकेको छैन ।

प्रशान्त नील निर्देशित चलचित्र ‘सालार’ ले रिलिज हुनुअघि नै अग्रिम बुकिङमा राम्रो कमाई गरेको छ । यो फिल्मले रिलिजअघि नै ४० करोडको व्यापार गरेको थियो । प्रशान्त नील–प्रभास र पृथ्वीराज सुकुमारनको फिल्मलाई राम्रो प्रतिक्रिया आएको छ, अब अनलाइन लीकले फिल्मको कमाईमा असर गर्छ कि गर्दैन त्यो हेर्न बाँकी छ ।