२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सालार’को कमाई तीन दिनमै ४०० करोड पार



अ+ अ-

एजेन्सी । प्रभासको फिल्म ‘सालार’ले तेस्रो दिन ग्लोबल बक्स अफिसमा ४०० करोडको आँकडा पार गरेको छ । दुई दिनमै करिब ३ सय करोड (२९५.७) बक्स अफिस कलेक्सन गरेको यो फिल्मले आइतबार पनि उत्कृष्ट व्यापार गरेको व्यापार विज्ञहरू बताउँछन् ।

सालारको विश्वव्यापी कमाई दिनमा
पहिलो दिन (शुक्रबार) – १७८.७ करोड
दोस्रो दिन (शनिबार) – ११७ करोड
तेस्रो दिन (आइतबार) – १०४.३ करोड
जम्मा कमाई – ४०० करोड

फिल्मले तेस्रो दिन भारतीय बक्स अफिसमा ६१ करोड कमाएको इन्डस्ट्री ट्र्याकर सक्निल्कले जनाएको छ । योसँगै यसको कुल आन्तरिक संकलन २०८ करोड रुपैयाँ पुगेको छ । आइतबार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी ४८.२७ प्रतिशत थियो । उत्तर अमेरिकामा, सालारले अहिलेसम्म ५.१ मिलियन डलर कमाएको छ ।

अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंकी’ले चौथो दिन भारतभर ३१ करोड ५० लाखको व्यापार गरेको छ । यससँगै भारतमा कुल १०६ करोड ४३ लाख रुपैयाँ आम्दानी भएको छ ।

प्रशान्त नील निर्देशित फिल्म सालारमा प्रभाससँगै पृथ्वीराज सुकुमारन, श्रुति हसन र टिनु आनन्द पनि महत्वपूर्ण भूमिकामा छन् ।