२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब टिभी एन्करले गौतम गम्भीरसँग पैसा मागे…



अ+ अ-

एजेन्सी । हालसालै डिसेम्बर १९ मा दुबईमा आईपीएल २०२४ को लागि मिनी लिलामी भएको थियो । जसमा अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क आईपीएल इतिहासमा बिक्रि हुने सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

यसैबीच सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । आईपीएलको लिलामीलाई लिएर गौतम गम्भीरले टिभी एन्कर जतिन सप्रुलाई ठट्टा गरेका छन् । वास्तवमा, सप्रुले गौतम गम्भीर (जो कोलकाता नाइट राइडर्सका मेन्टर हुन्) लाई ठट्टा गर्दै भन्छन् कि ‘भगवान, मलाई पनि २–३ करोड दिनुहोस् ।’

यस्तो अवस्थामा वरपर उपस्थित सबै चर्को स्वरमा हाँस्न थाले । १५ सेकेन्डको यो भिडियोमा फ्यानले उत्तिकै प्रतिक्रिया दिएका छन् ।

मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सले पनि अस्ट्रेलियाका फास्ट बलर स्टार्कका लागि पहिलो बोली लगाएका थिए, जो २ करोडको आधार मूल्यमा लिलामीमा आएका थिए । दुईबीचको लामो बोलीपछि केकेआर र गुजरात टाइटन्स प्रवेश गरे । अन्ततः केकेआरले उनलाई सबैभन्दा ठूलो मूल्यमा आफ्नो टोलीमा समावेश गर्यो । स्टार्क आठ वर्षपछि आईपीएलमा फर्किएका छन् ।

केकेआरले फास्ट बलरलाई २४.७५ करोडमा आफ्नो टिममा समावेश गरेको छ । यसअघि प्याट कमिन्स लिलामीमा बिक्रि भएका सबैभन्दा महँगा खेलाडी बनेका थिए, जसलाई सनराइजर्स हैदरावादले २०.५ करोडमा आफ्नो टोलीमा समावेश गरेको थियो । उनी २० करोडको आँकडा पार गर्ने दोस्रो खेलाडी बने । साथै, उनी लिलामीमा बेचिने दोस्रो सबैभन्दा महँगो खेलाडी थिए ।

 




भर्खरै