२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाको संयोजकमा अध्यक्ष नेपालको निरन्तरता



file
अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा विप्लव समूहसहित चार दल सहभागी समाजवादी मोर्चाले संयोजकमा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मोर्चाको बैठकले हाल संयोजकको जिम्मेवारीमा रहनुभएका नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेत्रविक्रम चन्द विप्लव तथा उपेन्द्र यादवविरुद्धको मुद्दाबारे भएका राजनीतिका सहमतिहरू न्यायालयसमक्ष जानकारी गराउने निर्णय गरेको छ ।

राजनीति र अदालतको कार्यशैली फरक पर्ने तर राजनीतिक मुद्दाका विषयमा दलहरूबीच भएका सम्झौता सरकारलाई तथा न्यायालयलाई जानकारी गराउने सहमति भएको हो ।

पछिललो समय प्रधानमन्त्रीकै विरुद्धमा अदालतमा मुद्दा विचाराधीन छ । उपेन्द्र यादवको विरुद्धमा पनि मुद्दा छ । केही दिनअघि विप्लवको विरुद्धमा मुद्दा रहेको र गिरफ्तार गर्न आदेश पनि आएको थियो । चरणचरणामा सरकारले गरेको सहमति तथा सम्झौता कार्यान्वयनका लागि अनुरोध गर्ने मोर्चाको निर्णय छ ।

बैठकले माघको पहिलो हप्तामा अन्तक्र्रिया र दोस्रो हप्तामा सहिद दिवसका अवसरमा पनि कार्यक्रम गर्ने निर्णय गरेको छ । सम्भव भएका जिल्लामा सन्देशसभासमेत गर्ने र मोर्चाको सङ्गठन विस्तार हुन बाँकी रहेका जिल्लामा पुस मसान्तसम्ममा गठन गरिसक्ने मोर्चाले निर्णय गरेको छ । रासस




भर्खरै