२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानद्वारा फतह–२ मिसाइलको सफल परीक्षण



अ+ अ-

एजेन्सी । पाकिस्तानले फतह–२ मिसाइलको सफल परीक्षण गरेको छ ।

पाकिस्तानले ४ सय किलोमिटर टाढासम्म निशासा साँध्न सक्ने फतह–२ मिसाइलको सफल उडान परीक्षण गरेको इन्टर सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले जनाएको हो ।

पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले उक्त मिसाइल अत्याधुनिक एभियोनिक्स, अत्याधुनिक नेभिगेसन प्रणाली र अनौठो उडान प्रक्षेपणले सुसज्जित रहेको जनाएको छ । आईएसपीआरकाअनुसार हतियार प्रणाली ४ सय किलोमिटरको दायरासम्म लक्ष्य साँध्न सक्छ ।

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री अनवर–उल–हक काकरले उडान परीक्षण सफल भएकोमा सहभागी सेना र वैज्ञानिकहरूलाई बधाई दिनुभएको थियो ।