२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोटका जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण, तीर्थाटनको तयारी



अ+ अ-

भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं २ वडा कार्यालयले सो वडा (बालकोट) का बाआमा (जेष्ठ नागरिक) र उहाँहरुलाई दैनिक खाजा खुवाउने र रेखदेख गर्ने सहयोगी समेत गरि ९० जनालाई न्यानो लुगा दिएर सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर भागवत कथावाचक एवम् आध्यात्मिक गुरु आचार्य कपिलदेव सुवेदीको उपस्थितिमा उहाँहरुलाई सुर्यविनायक नगरपालिका वडा नं २ का अध्यक्ष अधिवक्ता प्रदिप कार्की तथा नगर सभा सदस्य भगत रानाभाटले न्यानो लुगा वितरण गरेका थिए ।

न्यानो लुगा हस्तान्तरण कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं ७ का अध्यक्ष बाबुराजा महर्जनको साथै गुप्तेश्वर महादेव संरक्षण समितिका अध्यक्ष शिवराम श्रेष्ठ तथा दिवा सेवा समितिका संयोजक भाईकृष्ण श्रेष्ठको पनि सहभागिता थियो ।
बालकोट, सिरुटार र चाँगाथलीको सीमानामा रहेको गुप्तेश्वर महादेव मन्दीर परिसरमा निर्माण भएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा सो वडाका बा आमा दैनिक रुपमा आएर भजन किर्तन तथा धार्मिक कृयाकलाप गर्नुको साथै दैनिक बसिवियाँलो गर्नुहुन्छ ।

उहाँहरुलाई सो वडा कार्यालयले हरेक महिनाको अन्तिम सोमबार वडा स्वास्थ्य कार्यालयबाट गएका स्वास्थ्यकर्मीले नि:शुल्क स्वास्थ्य जाँच गरि आवश्यक पर्ने औषधि पनि दिँदै आएका छन् । पोहोरदेखिनै उहाँहरुको निशुल्क स्वास्थ्य जाँचको काम शुरु गरिएको वडाध्यक्ष प्रदिप कार्कीले बताए ।

जेष्ठ नागरिक सम्मानको लागि वडाले चालु आर्थिक वर्षमा २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट दिवा सेवाको लागि दैनिक केही खर्च, दिवा सेवामा आउने बाआमाको सम्मान र न्यानो लुगाको साथै उहाँहरुलाई धार्मिक यात्रा अर्थात तीर्थाटन गराइने वडाध्यक्ष कार्कीले बताए ।




भर्खरै