२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा सुरु भयो ललितकला उत्सव



अ+ अ-

मङ्गलबारे (इलाम) : इलाममा आजदेखि ललितकला उत्सव सुरु भएको छ ।  नेपाल र भारतका कलाकारका कलाकृति समेटेर उत्सव सुरु गरिएको हो । इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकासहित छ संस्थाको संयुक्त आयोजनामा उत्सव सुरु भएको हो । यो देही आर्टको नौ शृङ्खला हो ।

इलाम निर्वाचन क्षेत्र नं १ का सङ्घीय सांसद महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा इलाम नगपालिकाकी उपप्रमुख विष्णु दाहाल लिम्बुले कार्यक्रमको संयुक्त उद्घाटन गर्नुभयो । आजदेखि सुरु भएको ललितकला उत्सव यही पुस १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । इलामको कला संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनका लागि ललितकला उत्सव सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख दाहाल लिम्बुले बताउनुभयो । नगरपालिकासहित जिल्ला उद्योग वाणिज्य सङ्घ, नगर पर्यटन प्रवर्द्धन समिति, नगर कला साहित्य प्रतिष्ठान, प्याब्सन इलाम, देही आर्ट र होटल एसोसिएसन इलामको संयुक्त आयोजना रहेको छ ।

संस्कृति र कलाको प्रवर्द्धनले मात्रै समाज बलियो हुने सांसद बस्नेतले बताउनुभयो । उहाँले पेन्ट्सका माध्यमबाट इलामलाई अगाडि बढाइएको भन्दै आयोजकलाई धन्यवादसमेत दिनुभयो । उत्सवमा नगरपालिकाका विभिन्न ठाउँका चित्र पेन्ट्समार्फत उतारिने छ । कतै चित्र हेरेर त कतै पर्यटकीय स्थल नियाल्दै प्रत्यक्ष रुपमा चित्र निर्माण गरिने बताइएको छ । हाल इलाम चोक बजार, माइस्थान मन्दिर, चिया बगान र अरनिको सङ्ग्रहालय गरी चार स्थानमा प्रत्यक्ष रुपमा कलाकारले चित्र बनाउने कार्यक्रम तय भएको नगर पर्यटन प्रवर्द्धन समितिका सचिव अर्जुन पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्सवमा नेपाल र भारतका गरी ३३ जना कलाकारले सहभागिता जनाउनु भएको छ । कलाकारले निर्माण गरेका तस्बिरहरू विभिन्न ठाउँमा प्रदर्शनसमेत गरिने जनाइएको छ । चित्रमार्फत पनि इलामका विभिन्न स्थानको प्रवर्द्धनमा सहयोग हुने उपप्रमुख दाहाल लिम्बुको भनाइ थियो ।रासस