२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्ला प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले जित निकालेको छ । गएराति भएको खेलमा भिल्लाले बर्नलेलाई ३–२ गोलले पराजित गरेको हो ।

खेलको २८ औं मिनेटमा लिओन बेलीले गोल गर्दै घरेलु टोली भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै जेकी अमोडीनीले गोल गर्दै बर्नलेलाई १–१ गोलको बराबरीमा ल्याए ।

४२ औं मिनेटमा मोउसा डियावेको गोलबाट भिल्लाले खेलमा २–१ को अग्रता लियो । यता, ७१ औं मिनेटमा लिले फोस्टरले गोल गर्दै बर्नलेलाई २–२ गोलको बराबरीमा ल्याए । खेलको ८९ औं मिनेटमा डुग्लास लुइजले पेनाल्टीमा गोल गर्दै एस्टन भिल्लालाई जित दिलाए ।

जितसँगै भिल्ला तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको २० खेलबाट ४२ अंक छ । पराजित बर्नले ११ अंकसहित १९ औं स्थानमा छ ।